Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भासिएको सडक मर्मत गरेपछि दाउन्नेमा चल्न थाले दुईतर्फी गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेपछि दुईतर्फी नै यातायात सेवा सञ्चालन हुन थालेको छ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएको थियो।

भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो।

दाउन्ने सडकमा अहिले दुईतर्फी नै यातायात सेवा सञ्चालन भए पनि फेरि सडक भासिने जोखिम भने कायमै रहेको बोहोराले बताए।


प्रतिकृया दिनुहोस्