Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पुनः पहिरो खसेपछि मेची राजमार्गमा मर्मतसम्भारको काम रोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो ।

डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो । यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारणले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

यस सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्