Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुलेको केही बेरमै फेरि पहिरो जाँदा दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो ।

नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ ।
यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ ।

हामी प्रयास गर्दैछौं । प्राविधिक समस्या भएन भने डेढ दुई घण्टामा खुल्छु उनले भनिन् । पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्