आज : २०८१ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १७ गते


Advertisement

काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् ।

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।


प्रतिकृया दिनुहोस्