आज : २०८१ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायलमाथि इरानको रकेट आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक कदम चाल्न आग्रह गरेका छन् ।

इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा सर्ने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ ।

यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध जमिनबाट आक्रमण गरिरहेको छ ।

इरानले भने इजरायलमाथि हानिया र नसरल्लाहको मृत्युको जवाफमा हमला गरेको बताएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आफूले आक्रमण भएको पुष्टि गरेको छ ।

इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने धम्की पनि दिइएको छ । निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका जनताको मृत्युको प्रतिक्रियास्वरूप यी आक्रमणहरू गरिएको बताएको छ ।


प्रतिकृया दिनुहोस्