आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लीला पछाईं पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १५ गते


Advertisement

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।

उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।

प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति पनि हैनन्।

तर, छानबिनको क्रममा सहकारीबाट अवैध रुपमा उनले सहकराीबाट रकम गएको देखिएको हो। जीबी राईको नजिककी मित्रको रुपमा रहेकी र राजनीतिक नेतृत्वलाई रिझाउने उपक्रममा खर्चने पैसासमेत सूर्यदर्शनबाट उनकै नाममा लगिएको स्रोतको दाबी छ।

सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान गर्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरामै छ। सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार सीआइबीको टोलीसँग उनीहरूले आफ्ना कुरा राखेका छन्।


प्रतिकृया दिनुहोस्