Hamro Sanchar

आज काठमाडौंका यी स्थानमा ७ घण्टा बिजुली जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ५ गते


काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, बानेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्न बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सात घण्टा बिजुली नआउने भएको हो ।

विद्युत आपूर्ति बन्द हुने क्षेत्रहरुमा तीनकुने, गैरीगाउँ, लन्डन कलेज, बाजेको सेकुवा, केएमसी अस्पताल, एयरपोर्ट तथा भन्सार कार्यालय क्षेत्र रहेका प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि नै काम सकिएमा बिजुलीको आपूर्ति नियमित हुने पनि प्राधिकरणले जनाएको छ ।


प्रतिकृया दिनुहोस्