Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २७ गते


Advertisement

सुर्खेत । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।

गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन् ।


प्रतिकृया दिनुहोस्