आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सम्हाले कार्यभार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको उनको भनाइ थियो ।

उनको शुभकामनाका लागि बोर्डको हलमा आज ३ घण्टाको कार्यक्रम तय गरिएको छ । उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता जनाए ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।


प्रतिकृया दिनुहोस्