Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक, सरकारबाट ६५ लाख पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १५ गते


काठमाडौं । पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्।

शुक्रबार राति भएको खेलमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको कास्य पदक जितेकी हुन्।

योसँगै पलेशा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।

पलेशाले कास्य पदकका लागि भएको रिपाचेजमा सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराएकी हुन्।

यसअघि पलेशाले पेरिस पारालिम्पिक्सअन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा जितेकी थिइन्।

सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले हारिन्।

पलेशा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी हुन्।

कास्य पदक जितेकी पलेशाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।


प्रतिकृया दिनुहोस्