काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ।
आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरू हुनेछ।
सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो।
त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो। बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो।
नेपालले समूह चरणमै बंगलादेशलाई पराजित गरेको थियो त्यसकारण फाइनल खेल नेपालका लागि केही सहज हुने ।
त्यसकारण नेपाल आज तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहनेछ। नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा उपाधि जितेको थियो।