Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुख्खा पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदि थुनियो, स्थानीयलाई सतर्क रहन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३ गते


Advertisement

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरो जादा इन्द्रावती नदी थुनिएको छ।

तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।

पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं.७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पहिरोका कारण जोखिममा परेका स्थानीयबासी एवम् उनीहरुका सामग्री तथा अस्पतालका सामग्रीहररू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि ईन्द्रध्वज गणबाट फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्