Hamro Sanchar

निराशालाई आशामा बदल्न कांग्रेस र एमाले मिलेका हौ: गृहमन्त्री लेखक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३ गते


Advertisement

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो धारणा राखेका हुन् ।

संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौँ । तर संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि थप राम्रो बनाउनका लागि हो । पछाडि फर्किनका लागि होइन’ गृहमन्त्री लेखकले भने ।

उनले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको उल्लेख गरे ।

विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पूँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।

विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए ।

भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन स्थापित गर्नका लागि, मुलुकमा शान्ति कायम गर्नका लागि, विधिको शासन स्थापित गर्नका लागि र समग्रमा मुलुकमा विदेशी, देशी सबै खालका लगानीहरुको अनुकुल वातावरण निर्माण गरेर मर्यादित र बढी रोजगारीको सिर्जना गर्ने समेतको उद्देश्यले सरकार बनेको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्