Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वेदुराम भुसालको चेतावनी: दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने चेतावनी दिएका छन् ।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए।

उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्नेरु कस्तो संशोधन गर्नेरु केका निम्ति संशोधन गर्नेरु भन्ने प्रश्न रहेको बताए। उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए।

उनले भने, ‘अनियमितता बढेर गएका छन्। बेरुजु बढेर गएको छ। भ्रष्टचार बढेर गएको छ। यसलाई नियन्त्रण गर्न सकिएको छैन। यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस्। अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन्। संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ। समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो भने यो स्वीकार्य हुनेछैन।

सांसद भुसालले दुई दलबीचको सहमतिलसंविधानका मूलभूत मान्यताहरुमाथि प्रहार गर्न नपाइने बताएका छन । उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए।


प्रतिकृया दिनुहोस्