Hamro Sanchar

गठ्ठाघर दुर्घटना : स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३२ गते


Advertisement

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । गठ्ठाघर पुल नकिजै ट्राफिक प्रहरीको चेकजाँच स्पट पार गरेपछि दुर्घटना भएको देखिएको छ ।

काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।

फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको छ।

ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको जिल्ला प्र्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।

लामो सयमदेखि दुर्घटना न्यूनिकरणमा काम गरेका ट्राफिक प्रहरीलाई यस्तो दुर्घटनालाई ‘ब्लाइन्ड स्पट’ भन्छन् । ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन्


प्रतिकृया दिनुहोस्