
भक्तपुर। भक्तपुरको गट्ठाघरमा स्कुुटर सवार महिलालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।
ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुुटरलाई ठक्कर दिएको थियाे । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ।
अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।
बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।

















