Hamro Sanchar

बोलेरो दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु, ११ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३१ गते


काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

भने दुर्घटनामा अन्य ११ जना घाइते भएका  प्रमुख एसपी काफ्लेले वताए  ।

‘वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका-४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो,’ एसपी काफ्लेले बताए ।

घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ। दुर्घटनापछि अहिले वीपी राजमार्गमा यातायात अवरुद्ध छ।


प्रतिकृया दिनुहोस्