Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलीको काम प्रति गगन सन्तुष्ट, भन्छन्: मिहेनत देखेर खुसी छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २९ गते


Advertisement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीेले मेहनत गरेको देख्दा खुसी लागेको टिप्पणी गरेका छन । मन्त्रीहरूलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने उनले बताए।

कामको आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि उनको जिकिर छ।

मन्त्रीहरूले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए। मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव उनले दिएका छन ।

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरूले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्