Hamro Sanchar

शेखरले महाधिवेशन रोके पार्टी दुर्घटनातर्फ जान्छ भनेपछि देउवाले भने : समयमै हुन्छ, किन शंका गरेको ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २७ गते


Advertisement

काठमाडौं । १५ औँ महाधिवेशनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ भएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले कुनै बहानामा आगामी महाधिवेशन रोक्न खोजे पार्टी दुर्घटनातर्फ जाने बताएका थिए।

देउवाले विगतको आठ वर्षमा गरेको पार्टी नेतृत्वको कुनै समीक्षा नगर्ने बताउँदै उनले अहिलेकै केन्द्रीय समिति बैठकले महाविधेशन मिति सुनिश्चित गर्नुपर्ने बताएका थिए।

‘२०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्,’ कोइरालाले भने, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ।’

कोइरालाले उक्त भनाइ राख्दाराख्दै देउवाले त्यसको प्रतिवाद गरे। शेखर बोल्दाबोल्दै देउवाले उनलाई रोकेर जवाफ दिएका थिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, देउवाले महाधिवेशन समयमै हुने ठोकुवा गरे। ‘२०८२ मा महाधिवेशन हुन्छ हुन्छ, किन शंका गरेको?,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने।


प्रतिकृया दिनुहोस्