Hamro Sanchar

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २७ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लिलादेवी गड्तौला र आयुक्त प्रमकुमार राईलाई समितिको बैठकमा बोलाइएको हो।

त्यस्तै, अख्तियारका पदाधिकारीहरूलाई पनि बैठकमा बोलाइएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।

आइतबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा छलफल भएको थियो।


प्रतिकृया दिनुहोस्