Skip

Hamro Sanchar

पर्यटन मन्त्री पाण्डेको प्रतिबद्धता : हवाइ सुरक्षामा समग्र प्रणालीमाथि अध्ययन हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २४ गते


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाइ दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् ।

हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने, ‘अब समग्र सिस्टममाथि नै अध्ययन गर्नुपर्छ ।’

विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको भन्दै मन्त्री पाण्डेले त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने बताए


प्रतिकृया दिनुहोस्