काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा अर्थतन्त्र सुधारका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ले गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको दाबी गरे ।
राजनीतिक स्थायीत्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ, उपप्रधानमन्त्री सिंहले भने, जिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।
सिंह यही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । क्षेत्रीय समितिले यहीबाट निर्वाचित भएर नेता सिंह मुलुकको उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका भन्दै सम्मान गरेको छ