Skip

Hamro Sanchar

लुम्बिनीका ८ जना मन्त्रीले १० दिनपछि पाए जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १८ गते


बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।

बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्रीणसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।

एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग शुक्रबार बुटवलमा बसेर मन्त्रालयको जिम्मेवारी टुंगो लगाए अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएको मन्त्री भूमिश्वर ढकालले बताए ।

कांग्रेसले अझै एक मन्त्री पठाउन बाँकी छ। आफूहरु अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको स्वागत तथा पदभार ग्रहणमा आएको र यसपछि जिम्मेवारी बाँडफाँडको औपचारिक जानकारी गराइने उनले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्