Hamro Sanchar

कांग्रेस गयो कर्णाली सरकारमा, ४ जना मन्त्रीको नाम बुझायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १८ गते


Advertisement

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ ।

सांसद राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन् ।

नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिएका छन् ।

आज नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा हुन लागेका छन् ।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।


प्रतिकृया दिनुहोस्