Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाघको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १७ गते


Advertisement

 

कञ्चनपुर ।   कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका-२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।शाह विवाहित महिला हुन्।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् ।अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्