Skip

Hamro Sanchar

सर्पको टोकाइबाट २० वर्षीया युवतीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ५ गते


नवलपरासी, साउन ५- नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका १४ की २० वर्षीया सोनिया खनाल छिन् । उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ ।

सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।


प्रतिकृया दिनुहोस्