Hamro Sanchar

बालेनलाई काम गर्न दिनु : सांसद भण्डारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २२ गते


Advertisement

काठमाण्डौँ, जेठ २२- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन् ।

एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए ।

उनले भने ‘जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन्। उसलाई केही गरौँ भन्ने हुटहुटी छ। हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन। र काम गर्न दिनु पर्छ ।’

सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए। ‘गिरीबन्धु कसले गर्‍यो रु यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरुको कारणले धेरै नेपालीहरु ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन् । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ।’ उनले भने ।


प्रतिकृया दिनुहोस्