Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २१ गते


Advertisement

चितवन, जेठ २१- आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ।

पूर्वएआईजी रणबहादुर चन्दले केही दिन गाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए । यो कुरा बरालले नै सामाजिक सञ्जालमार्फत भनेकी थिइन् ।


प्रतिकृया दिनुहोस्