Hamro Sanchar

छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन् पासो, दुवैले गुमाए ज्यान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २० गते


Advertisement

विराटनगर, जेठ २०- छोराले झुन्डिएर आत्महत्या गरेपछि आमाले पनि आत्महत्या गरेकी छन् ।

इलाम नगरपालिका-२, सुम्बेकका ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् ।

घटना शनिबार बिहानको हो ।

इलाम प्रहरीका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेका हुन् । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे ।

मृतक फूलमायाका श्रीमान ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर गएका र मादक पदार्थ सेवन गरेर बिहानै आमा छोराको झगडा भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आमा–छोरा नै मापसे गर्ने गर्दथे । शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् । आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।


प्रतिकृया दिनुहोस्