Hamro Sanchar

ठमेलमा राती यात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


काठमाडौं, जेठ १८- प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौरको टोलीले अनुसन्धान जारी राखेको छ ।


प्रतिकृया दिनुहोस्