
काठमाडौँ, जेठ १८- सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी बग्न थालेको छ । दोलखाको विगु गाउँपालिका-१ लामाबगर स्थित क्यालु खोला र देउरालीको बिचमा सुक्खा पहिरो खस्दा करिब ४ घन्टादेखि तामाकोशी नदि थुनिएको थियो ।
तर नदी अहिले बग्न थालेको हो ।
तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थलबाट करिब साढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको थियो ।
यसअघि नदी क्षेत्र आसपासका स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको थियो ।


















