Skip

Hamro Sanchar

सुक्खा पहिरोले तामाकोशी थुनियो, विद्युत सेवा बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


दोलखा, जेठ १८- सुक्खा पहिरो खस्दा तामाकोशी नदी थुनिएको छ । शुक्रबार विहान ९ बजे खसेको पहिरोले नदी थुनिएको हो ।

दोलखाको विगु गाउँपालिका-१ लामाबगर स्थित क्यालु खोला र देउरालीको बिचमा सुक्खा पहिरो खस्दा करिब ४ घन्टादेखि तामाकोशी नदि थुनिएको छ ।

पहिरोले नदी थुनिएपछि विद्युत सेवा बन्द गरिएको छ ।

पहिरो खस्ने क्रम अझै जारी रहेकोले खोला खोल्न समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नदी क्षेत्र आसपासका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्