
सिरहा, जेठ १८- सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएकी छन् । लहान नगरपालिका १८ शोभापुरकी ४१ वर्षीया हसिरन खातुनको मृत्यु भएको हो ।
बिहीबार साँझ करिब साढे पाँच बजेतिर खोलामा गिट्टी चाल्दै गरेकी उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यस्तै श्रीमतीसँगै गिट्टी चाल्दै गरेका श्रीमान मो फर्मुद चट्याङ लागेर घाइते भएका छन् । घाइते फर्मुदको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भैरहेको बुझिएको छ ।

















