
काठमाडौं, जेठ १८- मकवानपुरमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर कल्पना थिङ स्याङ्तानको बिहीबार साँझ मृत्यु भएको हो ।
मकवानपुर प्रहरीकाअनुसार ३५ वर्षीया स्याङ्तान आफ्नो घरतर्फ जाने क्रममा भिरबाट लडेको हुनसक्ने अनुमान गरिएको छ ।
स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

















