Hamro Sanchar

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १७ गते


Advertisement

काठमाडौं, जेठ १७- काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ ।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

आइसिसि टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि अन्तर्वार्ता दिन उनी गत जेठ ९ गते दूतावास पुगेका थिए । त्यसदिन भिसा उनी बिहीबार पुन: अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए ।


प्रतिकृया दिनुहोस्