Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकाबिहानै भीरबाट खस्यो जिप, चार जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १७ गते


सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ४ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।

दुर्घटनामा दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको प्रहरीको भनाई छ ।

दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन् ।

उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस्