Hamro Sanchar

देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि मिसिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १६ गते


Advertisement

काठमाडौं, जेठ १६- बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् ।

बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ ।

सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो ।


प्रतिकृया दिनुहोस्