आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मदिरा, बियर र सुर्ती चुरोटमा फेरि बढ्यो कर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १६ गते


Advertisement

काठमाडौं, जेठ १६- सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ । मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन् । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको छ । त्यस्तै चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरिएको उल्लेख छ ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएको छ । बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पुर्‍याइएको छ । यस्तै चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।


प्रतिकृया दिनुहोस्