Hamro Sanchar

वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिम अब नि:शुल्क

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


Advertisement

काठमाडौं, जेठ १५- सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्दै लैजाने बताएका हुन् ।

त्यस्तै उनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका लागि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने बताएका छन् । जसमा कम्तीमा १ लाख जनालाई स्वरोजगार बनाइने उनले बताए । श्रमाधान सम्बन्धी गुनासो सुन्न श्रमाधान कार्यक्रम लागू गर्ने बताएका छन् ।

उनले आगामी वर्षमा थप तीन गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने अर्थमन्त्री पुनले बताए । त्यस्तै स्वदेशमै रोजगारी सिर्जना गर्न ‘रोजगारी बैंक’ स्थापना गरिने भएको छ ।


प्रतिकृया दिनुहोस्