
कपिलवस्तु, जेठ १५- विद्युत मर्मत गर्दा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । सोमबार राती हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन दिनेश चन्द्र मिश्राको मृत्यु भएको हो ।
३१ वर्षीय मिश्रा यशोधरा गाउँपालिका-६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउन गएका विद्युत प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।
मृतक मिश्राको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।