Skip

Hamro Sanchar

मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


काठमाडौं, जेठ १५- धनकुटामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सोमबार अपराह्न को १ त ९७३७ नम्बरको ट्याक्टर धनकुटाको छ थरजोरपाटी गाउँपालिका-४ स्थित सिदवा त्रिवणीघाटमा दुर्घटना हुँदा ४५ वर्षीय वीरबहादुर खनालको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य केही घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।


प्रतिकृया दिनुहोस्