
सुर्खेत, जेठ १४- मुगुको मुगमकार्मारोङ गाउँपालिका–२ डोल्फु गाउँमा हतियारसहितको समूह पसेर लुटपाट गरेको छ ।
शनिबार राति भरुवा बन्दुकसहित ८–९ जनाको समूह गाउँमा पसेर स्थानीयलाई तर्साएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
स्थानीयहरु यार्सागुम्बा टिप्न गएका बेला गाउँमा ८–९ जनाको समूह आएर घरहरुमा लुटपाट गरेको प्रहरीले बताएको छ ।
आइतबार नै जिल्लाबाट प्रहरी हिँडेको र टोली पुगिसकेको छ । तर विवरण भने आइसकेको छैन ।
घटना भएको डोल्फु गाउँ सदरमुकामदेखि साढे २ दिनको पैदल दूरीमा पर्छ ।














