Skip

Hamro Sanchar

पाँच सवारी साधन आपसमा ठोक्किदा एक जनाको मृत्यु, घाइतेमध्ये ५ को अवस्था गम्भीर (सूचीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १४ गते


चितवन, जेठ १४- नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

१८ जनाको उपचार भइरहेको छ भने चितवन मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको छ । घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।

घाइते हुनेहरूको सूची :
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. पदम थापा, ६० वर्ष (प्युठान)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)


प्रतिकृया दिनुहोस्