Skip

Hamro Sanchar

अत्याधिक गर्मीले ढलेर एक पुरुषको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १३ गते


रौतहट, जेठ १३- अत्याधिक गर्मीले ढलेर एक जनाको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो ।

साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए । साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले मृतकको शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताए ।


प्रतिकृया दिनुहोस्