Hamro Sanchar

नारायणगढ-मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, चालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १३ गते


चितवन, जेठ १३- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनामा डोजर चालकको मृत्यु भएको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ ।

भरतपुरको डिभिजन सडक कार्यालयलले घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्