Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बिनानिष्कर्ष टुंगियो शीर्ष नेताको बैठक : कार्यदलमा आ-आफ्ना प्रस्ताव पेस गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


काठमाडौँ, जेठ ११- सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए ।

बैठकले कुनै निर्णय गरेको छैन । यद्यपि दुवैपक्षबिच सकारात्मक कुराकानी भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।


प्रतिकृया दिनुहोस्