Skip

Hamro Sanchar

जिबी राईको पासपोर्ट रद्ध गर्न नमिल्ने राहदानी विभागको निष्कर्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


काठमाडौं, जेठ ११- राहदानी विभागले जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने बताएको छ । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदानी रद्द गर्ने प्रावधान नभएको हुँदा रद्ध गर्न नमिल्ने निष्कर्ष निकालेको प्रवक्ता रमेशकुमार चर्मकारले जानकारी दिए ।

विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका राइविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो ।

‘ऐनअनुसार रद्द गर्न मिल्ने देखिएन । तर हामीले अरू विकल्पहरू के हुन सक्छन् भनेर अध्ययन गर्दैछौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राहदानी रद्द गर्नका लागि जिल्ला अदालत कास्कीमा समेत निवेदन दिएको थियो । वैशाख ३० गते बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले पनि राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो ।

राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए। उनी ग्यालेक्सी फोर-केका सञ्चालक समेत थिए ।


प्रतिकृया दिनुहोस्