
काठमाडौं, जेठ ११- लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन् ।
समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब ४० करोडभन्दा धेरै र गौतम श्री बहुउदेश्यीय सहकारी संस्थाबाट दुई अर्ब ८४ करोड १३ लाखभन्दा धेरै रकम फिर्ता माग्दै उजुरी परेको हो ।
यी दुई सहकारीमा पाँच हजार नौ सय ३६ जनाले उजुरी दिएका थिए ।
पछिल्लो समय यी सहकारीहरू समस्याग्रस्त घोषणा भएसँगै समितिले बचत फिर्ताको लागि उजुरी दिन पीडितहरूलाई आह्वान गरेको थियो । हालसम्म २२ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन् । कुल ५९ हजार तीन सय २१ जना बचतकर्ताले ३५ अर्ब ९८ करोड ८० लाख रूपैयाँभन्दा धेरै बचत रकम आफूहरूले फिर्ता पाउनुपर्ने भन्दै उजुरी दिएका हुन् ।














