
काठमाडौं, जेठ ११- घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका चितवन भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई चन्द्रागिरि १२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट केही तामाका कलश तथा नगद फेला पारेको छ । उनिहरुमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।














