Hamro Sanchar

नेपाल रिटर्नी एशोसिएशन समाजवादी मुस्ताङ जिल्ला कमिटी गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


Advertisement

काठमाडौं, जेठ ११- नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) मुस्ताङ जिल्ला कमिटी गठन भएको छ ।

जिल्ला कमिटीको पहिलो भेलाले खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्माण गरेको छ । जसमा कमिटीको उपाध्यक्षमा सन्ध्या घताने(बिक), सचिव रामलाल विश्वकर्मा, सहसचिव दिपक बिक, कोषाध्यक्ष गम बहादुर बिश्वकर्मा, सदस्यहरु मंगल दर्जी र सम बहादुर नेपाली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रिटर्नी एशोसियसनका केन्द्रिय अध्यक्ष प्रविन पौडेलले विदेशबाट युवाहरु ज्ञान, शिप, पुँजी साथै लगनका साथ केही गरौं र स्वदेशमै रोजगार सिर्जना गर्ने हैसियतमा फर्कने भएकाले रिटर्नीहरु देशको लागि बलियो खम्बा भएको बताए । एसोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने उनको दाबी छ । कृषि उत्पादन नै राष्ट्रको प्रमुख मेरुदण्ड भएकाले त्यसतर्फ एसोसिएनको पूर्ण ध्यान केन्द्रित रहेको बताए । पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नुपर्नेमा कुनै दलका प्रमुखले भ्यू टावर बनाएकोमा गर्व गरेको बताए ।

उनले भने, ‘भ्यू टावर जस्ता अदुरदर्शी चटकी विकासले जनता मारमा परेका उनीहरुमा नैराश्यता फैलिनुका साथै ऋणको भार मात्र थुपारेको छ । भ्यू टावर छेउको बस्ती दिनरात गरिबीमा दुई छाक खान लडिरहेको छ । उक्त भ्यू टावरको सट्टामा तिनै गरीब बस्तीलाई कृषि उत्पादनमा जोडी व्यस्थापन गरेको भए ति बस्ती गरिबीको रेखाबाट माथि उठाउन सकिने थियो ।’

राज्यको मूल संयन्त्रमा बस्नेले राज्यको ढुकुटी खर्च गर्दा विकासको प्राथमिकताको आधारमा गर्नुपर्ने कुरालाई जोड दिँदै उनले अनुत्पादक र तत्काल आवश्यकता विहिन क्षेत्रमा खर्च नगर्न राज्यलाई अनुरोध गरे ।

कार्यक्रममा मुस्ताङ जिल्ला कमिटीका अध्यक्ष भिम रसाइलीले हिमाल पारीको जिल्लालाई राज्यले ब्यवास्था गरेकोले विदेशबाट फर्किएर संगठित भएका युवाहरुले जोडदार आवाज उठाइ राज्यको हरेक संयन्त्रसम्म आवाज बुलन्द गर्न उत्प्रेरित गर्दै नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गरे ।

जिल्ला कमिटी अध्यक्ष रसाइलीकोअध्यक्षता तथा एशोसिएसनका केन्द्रीय अध्यक्ष पौडलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रिय परिषद सदस्य, रिटर्नी एशोसियसनका केन्द्रिय सदस्य लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

भेला पार्टी जिल्ला कमिटी कार्यालयको सभाहलमा भएको हो ।


प्रतिकृया दिनुहोस्